Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साताको तेस्रो दिन ३३ अंकले बढ्यो नेप्से, ५ अर्ब ५५ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३३ अंकले बढेको छ।

नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेको थियो।

सेन्सेटिभ इण्डेक्स १.१३ प्रतिशतले बढेर ३७३.२३ विन्दुमा अडिएको छ। यसदिन ३११ स्क्रिप्सको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकम सोमबारको तुलनामा बढेको हो। सोमबार ५ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको सेयर बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बरुण हाइड्रोपावर,ग्रिन भेन्चर,कुथेली बुखारी र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी हेवाखोला हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा ३६ करोड मूल्य बढिको सेयर कारोबार भयो। माउन्टेन इनर्जीको २३ करोड,ग्लोबल आईएमई लघुवित्त वित्तीय र जानकी फाइनान्सको १०/१० करोडको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077