Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 375
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ देउरालीबाट नेटातर्फ जाँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।



    दुई जना गम्भीर घाइते भएका छन् ।



    दुर्घटनामा परी गम्भीर घाइते सन्धिखर्क नगरपालिकाको खाँचीकोट निवासी ३६ वर्षका रामलाल पुरीको उपचारको क्रममा तम्घास अस्पतालमा मृत्यु भएको हो ।

    सन्धिखर्क-७ का २३ वर्षका रिसव केसी र शितगंगा नगरपालिका-२ का २९ वर्षका नवीन घिमिरे घाइते रहेका छन् ।

    उनीहरूको थप उपचार लुम्बिनी मिसन अस्पताल पाल्पामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार