Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित होइन : देवेन्द्र पौडेल

    शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित होइन : देवेन्द्र पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 528
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित नभएको बताएका छन्।

    प्रतिनिधिसभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो बताएका हुन् ।



    सांसद पौडेलले शिक्षकको राजनीतिक अवद्धता नखोज्न शिक्षामन्त्री सुमना श्रेष्ठलाई आग्रह गरे । सांसद पौडेलले बरु शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर अनुगमन र नियमन गर्न आग्रह गरे ।



    सांसद पौडेलले भने,‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुधिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा राम्रोसँग गाडी चलाउँछ र ?’

    शिक्षामन्त्री श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएकी छन् ।

    उनले शिक्षा विभाग र जिल्ला शिक्षा समन्वय इकाइबाट समेत राजनीतिमा आवद्ध शिक्षकहरुको विवरण र कारबाही प्रक्रियाबारे जानकारी माग गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार