Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा गाजाका लागि बन्धक प्रस्तावबारे छलफल

    अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा गाजाका लागि बन्धक प्रस्तावबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 561
    SHARES

    एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग बन्धक प्रस्ताव र गाजामा मानवीय सहायता वितरणको बारेमा छलफल गरेका छन् ।

    विदेशमन्त्री एन्टोनीजे ब्लिन्केनले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरेका हुन् । ब्लिन्केनले जुन १० देखि १२ सम्म इजिप्ट, इजरायल, जोर्डन र कतार भ्रमण गर्ने बताए ।



    ब्लिन्केनले गाजामा तत्काल युद्धविराम, सबै बन्धकको रिहाइ, र गाजाभरी मानवीय सहायता वितरणमा उल्लेखनीय र दिगो वृद्धि गर्ने राष्ट्रपति बाइडेनले उल्लेख गरेको व्यापक प्रस्तावको संयुक्त राज्य अमेरिका र अन्य विश्वका नेताले समर्थन गर्ने बताए ।



    विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री ब्लिङ्केनले इजरायलको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिए।

    विदेशमन्त्रीले इजरायली र प्यालेस्टिनीलाई दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता प्रदान गर्ने प्रयासको महत्त्वलाई जोड दिँदै द्वन्द्वपछिको अवधिका लागि योजना बनाउन जारी कूटनीतिक प्रयासको बारेमा प्रधानमन्त्री नेतान्याहूलाई सुझाव दिए।

    बन्धकको रिहाइको सम्बन्धमा इजरायल र हमासबीचको प्रत्यक्ष वार्ता केही सर्तमा असहमतिको कारण केही समयअघि रोकिएको थियो । हाल संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार गाजामा बन्धकको रिहाइ र स्थायी युद्धविराम को लागि अमेरिकी प्रस्ताव गरेको हो ।

    अमेरिकाले तयार पारेको उक्त प्रस्तावले हमासलाई राष्ट्रपति जो बाइडेनले मे ३१ मा घोषणा गरेको युद्धविराम प्रस्ताव स्वीकार गर्न आह्वान गरेको छ जसलाई इजरायलले पहिले नै स्वीकार गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार