Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपाले देशमा राजतन्त्र फर्काउन नसक्ने उपेन्द्र यादवको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जति हल्ला गरे पनि राजतन्त्र फर्काउन नसक्ने दाबी गरेका छन् ।

जसपा नेपालको महाधिवेशनमा राजनीति प्रतिवेदन पेश गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

प्रतिवेदनमा अध्यक्ष यादवले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उल्लेख गरे ।

अध्यक्ष यादवको प्रतिवेदनमा भनिएको छ, ‘महेन्द्रीय राष्ट्रवादको पैरवी गर्न राप्रपा धारले बेलाबेलामा कांग्रेस–कम्युनिस्टको अक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दछ र राजतन्त्र फर्किने हल्ला पनि गर्दछ । नेपाली जनताको लामो सङ्घर्ष र ठुलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको छ, जबकि त्यो फर्किने कुनै सम्भावना नै छैन ।’

तथापि राप्रपा पार्टीले छर्ने आवश्यक भ्रमलाई चिर्न जसपा नेपाल चनाखो हुनुपर्ने प्रतिवेदनमा जोड दिइएको छ ।

जसपा नेपालले राप्रपा पुरातन सम्वर्द्धनवादी धारको प्रतिनिधि पार्टी भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077