कास्की । कास्कीमा घरको ढोका फुटाएर एक करोडभन्दा बढी मूल्यका सामान चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २२ का २१ वर्षीय नविन नेपाली र गोरखा घर भई पोखरा महानगरपालिका वडा नं. ०४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर रहेका छन् ।
उनीहरुले जेठ ११ गते पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटनमा घरको ढोका फुटाएर १ करोडभन्दा बढी मूल्यका सामान चोरी गरेको आरोप छ ।
कास्की प्रहरीका अनुसार उनीहरूले लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्ण पौडेलको कोठाको ढोका फुटाएर ४२ तोला सुनका गहना, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामान चोरी गरेका थिए । त्यस्तै नगद ३ लाख ८० हजार गरेर १ करोडभन्दा बढीका सरसामान चोरी गरेको कास्की प्रहरीको भनाई छ ।
उनीहरूको साथबाट २४ तोलाका सुनका गहना, २२ वटा मोबाइल, ९ वटा क्यामेरा, १५ वटा ल्यापटप, ११ वटा घडी, दुई वटा ड्रोन, दुई वटा वाकीटकीलगायत समान बरामद गरेको छ ।
दुवै जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।