Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • नाबालिकालाई भारत लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ

    नाबालिकालाई भारत लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 501
    SHARES

    काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बालिकालाई भारतमा बेच्न लैजाने दुई जनालाई पक्राउ गरेको छ ।

    ब्यूरोको टोलीले उनीहरुलाई ललितपुरको महानगरपालिका २७ सुनाकोठीबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ घर भई काठमाडौंको तारकेश्वर बस्ने सम्बर बहादुर तामाङ र तादी गाउँपालिका-२ घर भई काठमाडौंको टोखा बस्ने इन्दिरा कटुवाल तामाङ रहेका छन्।



    पोखरामा आफ्नै होटलमा वेट्रेसको काम भएको, सुरुमा महिनाको २० हजार तलब दिने र पछि तलब बढाउँदै लैजाने प्रलोभन देखाएर नाबालिकालाई भारत लैजान लागेका थिए।

    ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा प्रतिवादीले पीडित नाबालिकालाई लैजाँदै गरेको अवस्थामा ब्यूरोको टोलीले फेला पारी उद्धार गरेको थियो।

    पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार