Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    प्रधानमन्त्री प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

    भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भारतमा पनि गठबन्धनको सरकार बनेकाले काम गर्न सहज हुने बताए । दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने उनले बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतमा पनि गठबन्धनको सरकार बन्यो, त्यसले अब सहज हुन्छ । दुवैका अनुभव एकअर्काका लागि फलदायी हुन्छन् ।’

    प्रचण्डले मोदीलगायत भारतीय नेताहरूसँगको भेटमा आफ्नो अघिल्लो भ्रमणमा भएका समझदारी कार्यान्वयनलाई तीव्रता दिनेबारे कुरा भएको बताए ।

    पञ्चेश्वर आयोजनाको कार्यान्वयन, अरुण तेस्रो जलविद्युत् आयोजना र उर्जा व्यापारसँग सम्बन्धित विषयमा छलफल भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार