Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • शेख हसिनाद्वारा प्रधानमन्त्री मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो

    शेख हसिनाद्वारा प्रधानमन्त्री मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 555
    SHARES

    एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो दिएकी छन् ।

    प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको सपथपछि भएको संक्षिप्त भेटमा हसिनाले मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो दिएकी हुन् ।



    प्रधानमन्त्री शेख हसिनालाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।



    प्रधानमन्त्री हसिना प्रधानमन्त्री मोदी र उनको मन्त्री परिषद्को शपथ ग्रहण समारोहमा सहभागी भएपछि प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए ।

    उक्त अवसरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री मोदीको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले लोक सभामा बहसमतका लागि पाएको सफलताका लागि बधाई दिए ।

    राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले जुन ५ मा नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

    भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनको लोकसभा चुनावमा भाजपाको नेतृत्वमा रहेको एनडिएले २९३ सिट जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार