Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय केन्द्रीय मन्त्री जयशंकरबीच भेटवार्ता, के भयो कुरा ?

    प्रधानमन्त्री प्रचण्ड र भारतीय केन्द्रीय मन्त्री जयशंकरबीच भेटवार्ता, के भयो कुरा ?

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 498
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय केन्द्रीय मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

    भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले मन्त्री जयशंकरसँग भेट गरेका हुन्।



    प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन हिजो नयाँदिल्ली गएका थिए ।



    भेटवार्ताको क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ।

    भारतका निवर्तमान विदेशमन्त्री रहेका जयशंकरले मोदी नेतृत्वको सरकारमा हिजो शपथग्रहण गरेका हुन्।

    जयशंकरले नेतृत्व गर्ने मन्त्रालय भने टुंगिन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार