Online Nepal
  • आइतबार, २० असोज २०८१
  • भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

    भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 363
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् ।

    भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।



    भेटवार्ताका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।



    त्यसैगरी उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।

    प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।

    सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार