Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपद् उद्धारसम्बन्धी अभ्यासकै क्रममा डुबेर सशस्त्रका जवानको मृत्यु

बझाङ । सेती नदीमा डुबेर बझाङमा सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ ।

प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्रका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो।

जयपृथ्वी नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा गर्दै उनी डुबेका थिए।

उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङ प्रहरीले जनाएको छ ।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।

सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077