Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • फ्रान्सका राष्ट्रपति म्याक्रोले गरे संसद भंग, आकस्मिक चुनाव घोषणा

    फ्रान्सका राष्ट्रपति म्याक्रोले गरे संसद भंग, आकस्मिक चुनाव घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 396
    SHARES

    एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले संसद भंग गर्दै आम निर्वाचन घोषणा गरेका छन् ।

    राष्ट्रपति म्याक्रोले यही जुन महिनाको अन्तिममा चुनाव गराउन आम निर्वाचन घोषणा गरेका हुन् ।



    मतदान दुई चरणमा हुने छ । पहिलो चरण ३० जुनमा र दोस्रो चरण ७ जुलाईमा मतदान हुनेछ ।



    सर्वेक्षण अनुसार राष्ट्रपति म्याक्रोका प्रतिद्वन्द्वी मरीन ले पेन नेतृत्वको नेशनल रेली पार्टीले ३२ प्रतिशत मत ल्याउने अनुमान छ ।

    राष्ट्रपति म्याक्रोको पार्टी रेनेसाले भने १३ प्रतिशत मत मात्रै पाउने सर्वेक्षण छ । ले पेन यसअघि दुई पटकसम्म म्याक्रोसँग प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन् ।

    संसदीय चुनावको मिति घोषणा हुनासाथ तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफ्नो पार्टी सत्तामा आउन तयार रहेको बताएकी छन् ।

    युरोपेली युनियनमा फ्रान्सको भोटिङ सकिनासाथ र मत सर्वेक्षणको नतिजा सार्वजनिक हुनासाथ राष्ट्रपति म्याक्रोले टेलिभिजन सम्बोधन मार्फत् संसदीय चुनावको मिति घोषणा गरेका हुन् ।

    युरोपेली संघको चुनावमा ले पेन नेतृत्वको अति दक्षिणपन्थी दल भनेर चिनिने नेशनल रेलीले म्याक्रोको मध्यमार्गी गठबन्धनलाई परास्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार