Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • क्यानका सचिव खड्काले भने – व्यक्तिगत लाभका लागि केही सदस्यहरु क्रिकेटलाई बदनाम गराउँदैछन्

    क्यानका सचिव खड्काले भने – व्यक्तिगत लाभका लागि केही सदस्यहरु क्रिकेटलाई बदनाम गराउँदैछन्

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 990
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संघकै केही सदस्य व्यक्तिगत लाभका लागि नेपाली क्रिकेटलाई बदनाम गराउँदै हिडेको आरोप लगाएका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सचिव खड्काले यस्तो बताएका हुन् । सचिव खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित संघभित्रका केही सदस्यहरू लागिरहेको आरोप लगाए ।



    सचिव खड्काले लेखेका छन्, ‘कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि यी सबैका बिच, संघका अध्यक्ष, सचिव लगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद् हो।’



    उनले नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत अनुरोध गरे।

    सचिव खड्काले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको बताए ।

    अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोज्ने सचिव खड्काले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार