बाँके । बाँकेमा चोरीको गाडीसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ४ का ललित मल्ल छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १८ मा चेकजाँचका क्रममा प्रहरीले २६ गते मल्ललाई गाडीसहित पक्राउ गरेको थियो।
अनुसन्धानबाट गाडी चोरीको भन्ने खुलेपछि थप कारबाहीका लागि भन्सार कार्यालय बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।