Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देश सपार्न एमालेले विभिन्न जनसंगठनमार्फत योगदान दिँदै आएको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

उनले देश सपार्नका लागि एमालेले विभिन्न जनसंगठनमार्फत योगदान दिइरहेको बताए ।

देश सपार्नका लागि विभिन्न ढंगले विभिन्न संगठनमार्फत योगदान दिइरहेको र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।

एमालेका संगठनलाई देश र जनताप्रति थप उत्तरदायी बनाउँदै लैजानु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077