Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मित्र मिलन सहकारी ठगीमा संलग्न पूर्वअध्यक्षसहित दुई जना पक्राउ

    मित्र मिलन सहकारी ठगीमा संलग्न पूर्वअध्यक्षसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 630
    SHARES

    पोखरा। मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संलग्न पूर्वअध्यक्षसहित दुई जना पक्राउ परेका छन् ।

    वडा प्रहरी कार्यालय गगनगौड कास्कीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१ कृस्तीका ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी छन् ।



    भट्टराई उक्त सहकारीका पूर्वअध्यक्ष हुन् भने अधिकारी सहकारीका गैह्र सदस्य रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुबै जनालाई आइतबार अदालत पेश गरिएको छ ।



    कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुसमा पेस गरेको थियो।

    प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार