Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • थुनुवा छुटाइदिने भन्दै ४५ लाख ठगी, धापाखेलबाट पक्राउ परे मुन्ना

    थुनुवा छुटाइदिने भन्दै ४५ लाख ठगी, धापाखेलबाट पक्राउ परे मुन्ना

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 498
    SHARES

    काठमाडौं । थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने मुन्ना सिंह भन्ने सुजित कुमार सिंह रहेका छन्।



    उनलाई धापाखेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।



    मुन्नाले जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा थुनामा रहेको सञ्जय कुमार साहलाई छुटाई दिने भन्दै ४५ लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    मुन्नाले सञ्जयका आफन्तहरुसँग सम्पर्क गरेर आफ्नो उच्च पदस्थ ब्यक्तिहरुसँग चिनजान रहेको र आफै सरकारी वकिल, न्यायधिश, प्रहरी समेतलाई पैसाले सेटिङ मिलाउने भन्दै २० लाख नगद र चेक मार्फत २५ लाख गरी लिएका थिए ।

    मुन्नाले सञ्जयका आफन्तलाई तलदेखि माथिसम्म पैसाले सेटिङ मिलाउँछु भनी उक्त रकम लिएको प्रहरीले जनाएको छ ।

    सञ्जयलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार