Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रमाण नभेटिएपछि बाल संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठ छुटे

    प्रमाण नभेटिएपछि बाल संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठ छुटे

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 564
    SHARES

    काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा प्रकाउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ छुटेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिइसकेपछि पूर्वउपाध्यक्ष श्रेष्ठलाई आज छाडेको हो ।



    नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तोमा लिजमा दिएको आरोपमा पूर्वउपाध्यक्ष श्रेष्ठलाई सीआईबीले शुक्रबार पक्राउ गरेको थियो ।



    उनलाई आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी छाडिएको सीआईबी स्रोतले बतायो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने प्रक्रिया सकिएपछि आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी छाडिएको हो ।

    प्रहरीले बाल मन्दिरको जग्गा भाडा प्रकरणमा एक महिनाअघि नै २० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

    पक्राउ पुर्जी जारी हुनेमा बाल संगठनका तत्कालीन उपाध्यक्षहरू तुलसीनारायण श्रेष्ठ पनि थिए ।  त्यसैगरी, योगेन्द्रबहादुर शाही, तत्कालीन महासचिवहरू गणेशदत्त श्रेष्ठ सुवासकुमार पोखरेल, श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी  भएको थियो ।

    त्यसैगरी, वृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, विद्या सदनका तत्कालीन सञ्चालक प्रवीणराज जोशी, ऋद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कृतिप्रसाद पाण्डे र मुरारी निधि तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

    २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार