Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई

    कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 699
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाएका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल’ प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।



    प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका छन् ।



    राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीकै सिफारिसमा महासेठलाई तोकेका हुन् ।

    आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार