Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • विश्वकप क्रिकेट : वेस्ट इन्डिजसँग युगान्डा ३९ रनमा अलआउट

    विश्वकप क्रिकेट : वेस्ट इन्डिजसँग युगान्डा ३९ रनमा अलआउट

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 951
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’को खेलमा वेस्ट इन्डिजले युगान्डामाथि सानदार जित निकालेको छ ।

    गुएनाको प्रोभिडेन्स रङ्गशालामा भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा ३९ रन मात्रै बनाएर अलआउट भयो ।



    युगाण्डाका लागि जुमा मियागीले अविजित १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । वेस्ट इन्डिजका अकेल होसेनले सर्वाधिक पाँच विकेट लिए । यस्तै रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक विकेट लिए ।

    यसअघि गुएनाको प्रोभिडेन्स रङ्गशालामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रन बनायो ।

    वेस्ट इन्डिजका लागि जोनसोन चाल्र्सले सर्वाधिक ४४ रन बनाए र आन्द्रे रसेलले ३० रन बनाए । युगाण्डाका ब्रायन मसाबाले दुई विकेट लिए । यस्तै अल्पेश रामजानी, कोसमस केयूटा र दिनेश नक्रानीले समान एक विकेट लिए ।

    यो जितसँगै वेस्ट इन्डिजले चार अङ्कसहित समूहको दोश्रो स्थानमा छ । युगाण्डा दुई अङ्कसहित समूह तालिकाको तेश्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार