Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • विश्वकप क्रिकेट

    नेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिका चार विकेटले विजयी

    नेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिका चार विकेटले विजयी

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 951
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सविरुद्ध चार विकेटको जित निकालेको छ ।

    नासाउ काउन्टी अन्तर्राष्ट्रिय रंगशाला न्युयोर्कमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी रहँदै ६ विकेट गुमाएर भेट्टायो ।



    दक्षिण अफ्रिकाको जितमा डेविड मिलरले अविजित ५९ रन बनाए । मिलरबाहेक, ट्रिस्टन स्टुब्सले ३३ रन थपे । यसबाहेक, अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेदरल्यान्ड्सका भिभियन किंग्समा र लोगन भान विकले समान दुई विकेट लिए । बास डे लिडेले एक विकेट हात पारे ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रनको योगफल खडा गरेको थियो ।

    डच टिमबाट साइब्रान्ड एंगलब्रेटले ४० रन बनाएका थिए । लोगन भान विकले २३, विक्रमजित सिंहले १२ र कप्तान स्कर्ट एडवार्ड्सले १० रन थपे । डच टिमका तीन ब्याटर शून्यमा आउट भएका थिए ।

    दक्षिण अफ्रिकाका ओटानेइल बार्टमानले चार विकेट लिए । एनरिक नोर्ट्जे र मार्को जान्सेनले समान दुई विकेट लिए ।

    लगातार दुई खेल जितेको दक्षिण अफ्रिका चार अङ्कसहित समूह ुडीु को शिर्षस्थानमा छ । दुई मध्य एक खेल जितेको नेदरल्याण्डस् दुई अङ्कसहित तेस्रो स्थानमा छ । समूह ुडीु मा बैगलादेशको दुई अङ्क छ । नेपाल र श्रीलंकाको अङ्कविहिन छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार