Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जेलेन्स्कीसँगको द्विपक्षीयबैठकमा बाइडेनको प्रतिबद्धता– हामी युक्रेनको साथमा छौँ

    जेलेन्स्कीसँगको द्विपक्षीयबैठकमा बाइडेनको प्रतिबद्धता– हामी युक्रेनको साथमा छौँ

    अनलाइन नेपाल
  • शनिबार, २६ जेष्ठ २०८१
  • 462
    SHARES

    वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    राष्ट्रपति जेलेन्स्कीसँग शनिवार भएको द्विपक्षीय बैठकमा युक्रेनका लागि नयाँ सहायता प्याकेजको घोषणा गर्दै त्यसलाई यथाशक्य चाँडो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।



    हामी हार नमानी उल्लेखनीय रूपमा निरन्तर लडिरहेको युक्रेनको साथमा छौँ,’ बाइडेनले युक्रेनी राष्ट्रपतिलाई भने ।



    अमेरिकी राष्ट्रपतिले आफूले पारित गर्नुपर्ने विधेयक प्राप्त गर्नमा समस्या सामना गरिरहेको कुरामा जोड दिए । ‘सहायताको सन्दर्भमा के पारित हुन गइरहेको छ भन्ने थाहा नदिएकोमा म क्षमाप्राथी छु, हाम्रा केही रुढीवादी सदस्यबाट पारित गर्नुपर्ने विधेयक प्राप्त गर्न गाह्रो भइरहको थियो,’ उनले भने ।

    बाइडेनले शुक्रबारको सहायतासम्बन्धी घोषणाका साथ युक्रेनलाई थप सहायताबारे पनि घोषणा गरेको सीएनएनले जनाएको छ ।

    ‘अप्रिलमा सम्झौता भएदेखी  मैले महत्त्वपूर्ण सहायता कोषका ६ वटा प्याकेज घोषणा गरेको छु । आज म विद्युतीय ग्रिडको पुनःनिर्माण गर्न मद्दत गर्न २२ करोड ५० लाख अमेरिकी डलरको अतिरिक्त प्याकेजमा पनि हस्ताक्षर गर्दैछु,’ अमेरिकी राष्ट्रपति बाइडेनले भने ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला र समावेशी संवादको आवश्यकतामाथि जोड दिँदै उनले विश्व एकताबद्ध हुन र “पूर्ण सद्भाव”मा काम गर्न सक्षम हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार