काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनावमा काठमाडौं जिल्लालाई एमालेको किल्ला बनाउनुपर्ने बताएका छन् ।
शनिबार जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले अर्को चुनावमा काठमाडौंका स्थानीय तहदेखि प्रतिनिधि सभासम्म एमालेले जित्ने दाबी गरे।
अध्यक्ष ओलीले भने,‘कान खुलेर सुनेहुन्छ। आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला हो।’
अध्यक्ष ओलीले विपक्षीहरू सबैलाई आआफ्नो तयारी गर्नसमेत चुनौती दिए।
देशमा परिवर्तन, विकास, सामाजिक न्याय र समानताका लागि तथा संस्कृति र सभ्यताको रक्षा र विकासका लागि पनि एमालेले जित्न आवश्यक रहेको अध्यक्ष ओलीले बताए।
अघिल्लो चुनावमा काठमाडौंमा अपेक्षित परिमाण ल्याउन नसकेको पनि अध्यक्ष ओलीले बताए।
सबैले टेबल राखेर टेबलमाथि चढेर आफ्नो उचाइ देखाएका तर एमाले आफ्नो उचाई नापेर यस ठाउँमा आइपुगेका अध्यक्ष ओलीले बताए।