Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री पुनले भने – आर्थिक विकासका लागि विशेष योजना अघि सारिएको छ

    अर्थमन्त्री पुनले भने – आर्थिक विकासका लागि विशेष योजना अघि सारिएको छ

    अनलाइन नेपाल
  • शनिबार, २६ जेष्ठ २०८१
  • 519
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विकासका लागि विशेष योजना अघि सारिएको बताएका छन् ।

    माओवादी निकट रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री पुनले मुलुकलाई आर्थिक रुपमा तीव्रतर रुपमा अघि बढाउन प्रमुख पाँच रुपान्तरणकारी क्षेत्र घोषणा गरी विशेष योजना अघि सारिएको बताए।



    अर्थमन्त्री पुनले मुलुकको आर्थिक विकासका लागि बजेटमा कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता प्रवर्द्धनलाई प्रमुख पाँच रूपान्तरणकारी क्षेत्र घोषणा गरी विशेष योजना अघि सारिएको बताए।

    विद्युत् उत्पादन गरी आन्तरिक खपत बढाउने तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने योजना राखिएको अर्थमन्त्री पुनले बताए।

    अर्थमन्त्री पुनलेआगामी दशकलाई सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै १० वर्षमा ३० खर्ब रुपैयाँको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र १५ लाख रोजगारी सिर्जना गरिने धारणा राखे।

    उनले बजेटमार्फत जनतामा आशा जगाउँदै विश्वभरबाट राष्ट्र निर्माण योगदान दिन सक्ने सोच विकास गर्न खोजिएको स्पष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार