दाङ । दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको हो।
बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
अटो चालक तुलसीपुर उपमहानगरपालिका-५ का २९ वर्षीय अंकित गुप्ता पनि घाइते छन्।
अन्य घाइतेहरूमा सल्यानको कुमाख गाउँपालिका-५ कि २६ वर्षीय रिता बोहरा र उनकी ६ वर्षीय छोरा केशब बोहरा, १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षीय छबिलाल बुढाथोकी छन्।
छबिलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको छ।
Leave a Reply