Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • काठमाडौंका यी स्थानहरूमा आज जानेछ ६ घण्टा बत्ती

    काठमाडौंका यी स्थानहरूमा आज जानेछ ६ घण्टा बत्ती

    अनलाइन नेपाल
  • शनिबार, २६ जेष्ठ २०८१
  • 768
    SHARES

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेर बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास आज ६ घन्टा विद्युत अवरूद्ध हुने जानकारी गराएको हो ।



    आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रहरूमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।



    प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भनेको हो।

    मौसम प्रतिकूल रहेको अवस्थामा भने विद्युत आपूर्ति बन्द नहुने पनि प्राधिकरणको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार