Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्रले दायर गरेको जसपा विभाजनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजनविरुद्ध दायर गरेको मुद्दामा वहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो । तर मुद्दामा वहस नसकिएपछि हेर्दाहेर्दै राखिएको हो।

यसअघि मङ्गलवार पनि न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

२३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा बनाएका थिए ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो ।

तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077