Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गाँजा खेतीबारे अध्ययन गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

    गाँजा खेतीबारे अध्ययन गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 396
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीबारे अध्ययन गर्न एक महिनाभित्रै नियमावली बनाउने बताएका छन् ।

    प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    उनले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी नियमावली बनाउने बताए ।



    गृहमन्त्री लामिछानेले गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताए ।

    गृहमन्त्री लामिछानेले औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउने बताए ।

    लागुऔषध दुर्व्यसनी बढेको तर यसमा गाँजाको अवस्था के हो भन्ने अध्ययन भइरहेको उनले बताए ।

    गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना पनि चलाउने गृहमन्त्री लामिछानेको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार