Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सम्भव सिरोहियाको खुलासा – गृहमन्त्री रविले समाचार लुकाइदिन आग्रह गरे, नमानेपछि पक्राउ गरियो

    सम्भव सिरोहियाको खुलासा – गृहमन्त्री रविले समाचार लुकाइदिन आग्रह गरे, नमानेपछि पक्राउ गरियो

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समाचार लुकाइदिन आफूहरुलाई आग्रह गरेको खुलासा गरेका छन् ।

    एक भिडिओमार्फत उनले गृहमन्त्री लामिछानेले केस मिलाउन गरेको अनुरोध नमान्दा कैलाश सिरोहिया पक्राउ परेको खुलासा गरेका हुन् ।



    सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि कैलाश पक्राउ परेको उनका छोरासमेत रहेका सम्भवले बताए ।



    उनले भिडियोमा भनेका छन्, ‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्। उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो। सेटिङ गरेर समाचार बन्छ । वा लुक्छ जस्तो सोच्नुभयो। उहाँलाई कति अनुरोध गरियो। व्यवस्थापनले समाचार लेख्दैन। सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्नबुझ्नुभएने। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो। उहाँले आफ्नो शक्ति दुरूपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो ।’

    नागरिकता प्रकरणमा कैलाश गत जेठ ८ गते पक्राउ परेका थिए भने जेठ १६ गते हाजिर जमानीमा छुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार