Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • पोर्चुगलमा आप्रवासी नीतिमा कडाइपछि पनि आउने क्रम रोकिएन, अब २, ३ वर्षमा कार्ड  बनाउन सकिने

    पोर्चुगलमा आप्रवासी नीतिमा कडाइपछि पनि आउने क्रम रोकिएन, अब २, ३ वर्षमा कार्ड  बनाउन सकिने

    हरि शाह
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 1.9K
    SHARES

    लिस्बोन, पोर्चुगल । पोर्चुगल सरकारले आगामी  युरोपेली  चुनाव अघि आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने नयाँ योजना घोषणा गरेको छ ।

    आप्रवासीहरूले लामो समयदेखि रेसिडेन्सी र अन्य कागजातहरू प्राप्त गर्न गम्भीर ढिलाइ भएको गुनासो गरेका बेला नयाँ योजना घोषणा ल्याइएको हो । धेरै वर्षदेखि पोर्चुगलमा विभिन्न रूपमा छिर्ने गरेका आप्रवासीहरूले एक वर्षसम्म सामाजिक सुरक्षा कर तिरेपछि आवास अनुमति प्राप्त गर्न निवेदन दिन सक्थे।



    गत जुन ३ सोमबार पोर्चुगलको मन्त्रिपरिषद्ले विदेशी पर्यटकहरूलाई वैधानिकीकरण गर्न अनुमति दिने आप्रवासी कानून ५९/२०१७ को धारा ८८, र ८९ लाई खारेज  प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरी आधिकारिक राजपत्रमा प्रकाशित गरेको  र  आगामी महिनाहरूमा संसदमा सामान्य कानूनको संशोधन हुनेछ।



    नवनिर्वाचित प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले नयाँ योजनामा रोजगार सम्झौता गरेर आउनेहरूका लागि भने बाटो खुल्ला रहेको जनाएका छन् ।

    उनले भने, ‘हामीलाई पोर्चुगलमा अझ राम्रो र समृद्ध समाज निर्माण गर्न मद्दत गर्न इच्छुक व्यक्तिहरू चाहिन्छ। यस्तै प्रधानमन्त्री मोन्टेनेग्रोले भने हाल ४ लाख बढी नियमितीकरण प्रक्रियाहरू पेन्डिङ छन्, जुन समस्या सरकारले टास्क फोर्स बनाएर, भर्खरै स्थापित आप्रवासन र सीमा एजेन्सीको पुनर्संरचना र कर्मचारी वृद्धि गरेर समाधान गरिने छ ।’

    यस अगाडि आवेदन दिएर बसेका ती सबै ४ लाख आप्रवासीहरूले अस्थायी आवास अनुमति प्राप्त गर्नेछन् तर त्यसपछि अवैध आप्रवासी योजना बारेमा भने प्रधानमन्त्री मोन्टेनेग्रोले केही बताएका छैनन् ।

    विपक्षी दलहरूको विरोध

    उता युरोपेली चुनाव अगाडि सरकारले ल्याएको नयाँ आप्रवासी योजनाको लगभग सबै विपक्षी दलहरूले आलोचना गरेका छन् । आप्रवासी विरोधी जनवादी चेगा पोर्चुगल पार्टी र उदारवादी पार्टी इनिसिएटिभा लिबरल (IL) पार्टीले मात्र घोषणा गरिएका नयाँ योजनाहरूबाट खुसी देखिन्छ। उता यहाँ ४४ पृष्ठ लामो नयाँ योजना घोषणाको विपक्षमा विरोध प्रदर्शन भएका छन् ।

    तर पोर्चुगलको समाजवादी पार्टी (पीएस) का नेता पेड्रो नुनो सान्तोसले योजनालाई “अस्पष्ट” भनेका छन् । उनी भन्छन्, ‘विश्वमा अवैध आप्रवासीलाई सम्बोधन नगरी ल्याएको यो नयाँ योजना विरोधाभास रहेको छ।’

    चेगा पार्टीका नेता आन्द्रे भेन्चुराले भने, ‘सरकारका योजनाहरू पर्याप्त मात्रामा नपुगेको अयोग्यता र प्रभावहीनताका साथ राखिएकोले संसदबाट पारित हुने सम्भावना छैन।’

    यस्तै ब्लोको डे एस्क्वेर्डा (बीई) पार्टीका नेता मारियाना मोर्टागुआले भन्छन् नयाँ योजनाले थप अवैध आप्रवासी निम्त्याउँछ।

    अब  २, ३ वर्षमा कार्ड  बनाउन सकिने, स्पेन लगायतका  देशहरूमा  गन्तव्य

    यस्तै पोर्चुगल अधिकारीहरूका अनुसार आप्रवासन नयाँ योजना घोषणा भए पनि यहाँ आउने आप्रवासी रोकिएको छैन, तर सेन्जेन भिसा नभएका पासपोर्ट लगायत डकुमेन्ट फ्याँकेर अवैधानिक रूपमा पोर्चुगल आउनेको सङ्ख्यामा भने कमी आएको छ । आवासीय अनुमति आवेदन दिने स्थानहरूमा भिड देखिन्छ ।

    उता नयाँ सार्वजनिक योजनापछि पनि पोर्चुगलमा अवैधानिक आप्रवासीको सङ्ख्या निरन्तर बढ्ने बताई रहेको बेला प्रधानमन्त्री मोन्टेनेग्रोको भनाई अनुसार नयाँ योजनामा आवेदन दिने प्रक्रिया बन्द भए पनि अवैध आप्रवासीलाई सम्बोधन कार्यक्रम केही समयमा ल्याउने अपेक्षा गरिएको छ । जसमा अन्य युरोपियन देशहरूमा जस्तै अवैध आप्रवासीहरूलाई कानुनी अनुमति लिन २,३ वर्ष लाग्ने सक्नेछ ।

    उता आवासीय अनुमति आवेदन लिन बन्द गर्ने सरकारको घोषणा लगतै नेपालबाट जर्मनी हुँदै  लिस्बोनमा आएका राजेन्द्र लामाले भन्छन् ‘यहाँ वकिलले ढुक्क हुन भनेको छ, ढिलो चाँडो पेपर हुन्छ, म त यता आए, म  सँगै भारतीय लगायत ४ जना विद्यार्थी साथीहरू आएका थिए उनीहरू अवैध बसेर २,३ वर्षमा रेसिन्डेन्सी लिन सकिने स्पेन, इटली, फ्रान्स, स्विडेन जस्ता  सेन्जेन  देशहरूमा लागे । पेपर बनाउन २,३ वर्ष लाग्छ भन्ने त थाहा थियो, स्पेन तिर पनि जानु छ एक पटक त्यो नगरपालिका रजिस्टर गरेर आउँछु । ‘

    यस्तै स्पेन लगायतका देशहरूमा अवैधानिक बसेका आप्रवासीले २,३ वर्षमा आवासीय अनुमति लिन सक्छन् । तसर्थ आप्रवासीले अबका दिनमा २,४ वर्ष लगाएर भए पनि कागज बनाउन सकिने देशहरूमा गन्तव्य बनाउने देखिन्छ।

    जस्तो स्पेनमा आर्राइगो फरमासियनको आधारमा हप्ता, महिनाको छोटो रेस्टुरेन्ट किचन, माछा, मासु काट्ने सिप, कृषि जस्ता तालिम लिएको आधारमा २ वर्ष भित्रमा पेपर बनाउन सकिन्छ ।

    यस्तै ३ वर्ष गैरकानूनी रूपमा लुकेर बसेकाले १ वर्षको कामको करारका आधारमा आर्राइगो सोसियलबाट पनि पेपर बनाउन सक्छन् ।  पोर्चुगलमा छोटो समयमा पेपर बनाउन सकिन्थ्यो भने अन्य देशहरूमा २,३ वर्ष लुकेर बसेर पेपर बनाउँदै आएको देखिन्छ । पोर्चुगल, स्पेन लगायतका देशहरूमा अवैध बसेकाहरूलाई कुनै अपराध बाहेक पेपर नभएको आधारमा डिपोर्ट गरेको देखिँदैन।

    पोर्चुगलको आप्रवासी जनसङ्ख्या पाँच वर्षमा दोब्बर भएको छ, धेरै मानिसहरू एसियाबाट खेतमा र रेस्टुरेन्टहरूमा काम गर्न आएका छन्। पोर्चुगलमा करिब ८००,००० आप्रवासी बस्छन्, जुन एक दशक अघिको तुलनामा झण्डै दोब्बर छ।

    करिब १४ प्रतिशत करदाताहरू आप्रवासी हुन् । जसले २०२२ मा अर्थतन्त्रमा १।६ बिलियन यूरो भन्दा बढी योगदान पुर्‍याइरहेका छन्, जबकि सामाजिक लाभहरूमा लगभग २५७ मिलियन यूरो प्राप्त हुन्छ ।

    भारत, पाकिस्तान, श्रीलंका, नेपाल र बंगलादेश जस्ता दक्षिण एसियाली देशहरूका आप्रवासीहरूका लागि पोर्चुगल ईयू देशमा छिटो छरितो स्थायी बसोबास पाइने अन्तिम आशा रहेको देखिन्छ।

    पोर्चुगल अधिकारीहरूका अनुसार, ८६,००० भन्दा बढी दक्षिण एसियाली नागरिकहरू २०१८ र २०२२ को बीचमा पुरानो मार्ग मार्फत वैध भएका थिए। भने कुल आप्रवासी सन् २०१५ मा ३ लाख ८३ हजार ७ सय ५९ को सङ्ख्याका रहेकोमा सन् २०२३ सम्म १० लाख ४० हजार पुगेको छ ।

    युरोपका २९ वटा शेन्जेन देशहरूमा एकबाट अर्को देशमा यात्रा गर्दा कुनै आन्तरिक सीमा जाँच गरिँदैन । निर्बाध आवतजावत छ। तसर्थ एक देशबाट अर्को देशमा घुमफिर गर्ने, रोजगारीको खोजीमा सहज छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार