एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियारको प्रयोग नगर्ने बताएका छन् ।
बिहीबार एबीसी न्युजसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
उनले पश्चिमा मुलुकद्वारा आपूर्ति गरिएका हतियारहरूद्वारा रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न युक्रेनलाई अधिकार दिएको बताए ।
उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमणको जवाफमा अमेरिका र अन्य केही मुलुकले किएभलाई रुसी क्षेत्रभित्र आक्रमण गर्नका लागि पश्चिमा मुलुकहरूले प्रदान गरेको हतियारको प्रयोग गर्न अनुमति दिएका छन् ।
Leave a Reply