Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • विश्वकप छनोट : यूएईसँग ४-० गोलले हार्‍यो नेपाल

    विश्वकप छनोट : यूएईसँग ४-० गोलले हार्‍यो नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 444
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४–० गोलले हारेको छ ।

    साउदी अरेबियाको दम्मानमा रहेको प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा यूएईले दुवै हाफमा २–२ गोल गरेको हो ।



    यूएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक/एक गोल गरे । नेपालले समूह एचमा लगातार पाँच हार बेहोरेको छ ।



    यसअघि यूएई विरुद्ध अवे मैदानमा भएको खेलमा पनि नेपाल ४–० गोलले नै पराजित भएको थियो ।

    जितसँगै यूएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँचवटै खेलमा पराजित भएको नेपाल भने अङ्क विहीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार