धनगढी । कैलालीको धनगढीस्थित ट्रायल सेन्टरमा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् ।
बिहीबार बिहान धनगढीमा मामाको मोटरसाइकलको ट्रायल दिन आएका बेला ट्राफिक प्रहरीले चेकजाच गर्दा नक्कली प्रशिक्षार्थी पक्राउ परेका हुन् ।
मोटरसाईकलको ट्रायल भई रहेको बेला मामा नाता पर्ने पदम कडायतले मोटरसाईकलको परिक्षा दिनु पर्ने थियो ।
तर प्रवेश पत्र चेक जाँच गर्दा उनी नआएर २४ बर्षिय भान्जा आशिष कठायत ट्रायल दिन आएपछी प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।