काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफुहरु सत्ता गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताएका छन् ।
पार्टीले आयोजना गरेको बजेटमाथिको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले बजेटमाथि असहमति रहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको निरन्तरताको पक्षमा रहेको बताए।
सरकारमा सहभागी दलहरूभित्र केही समस्या देखिएपनि एमाले यही गठबन्धनको निरन्तरताको पक्षमा रहेको उनले स्पष्ट पारे ।