Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • १९ वर्षपछि अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते फैसला सुनाउने

    १९ वर्षपछि अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते फैसला सुनाउने

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतले असार १२ गते निर्णय सुनाउने भएको छ ।

    काभ्रेका अर्जुन लामाको हत्याको विषयमा पूर्वसभामुख समेत रहेका सापकोटामाथि छानबिनको माग गर्दै परेको रिटमाथि १९ वर्षपछि सर्वोच्चले निर्णय दिने मिति तय गरेको हो ।



    संवैधानिक इजलासले गत वैशाख १२ गतेदेखि उनीविरुद्धको रिटको अन्तिम सुनुवाइ थालेर हेर्दाहेर्दैमा राखेको थियो ।



    बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सापकोटासँग सम्बन्धित तीनवटा रिटमा आदेश सुनाउने मिति तोकेको हो ।

    सापकोटा प्रहरी र अदालतको सम्पर्कमा नगएपछि हत्या भएका अर्जुन लामाकी श्रीमती पूर्णीमायाले ०६९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार