Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • केपी ओलीलक्षित सुमनाको प्रश्न – विदेशीसँग सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ ?

    केपी ओलीलक्षित सुमनाको प्रश्न – विदेशीसँग सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ ?

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 804
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी छन्।

    विदेशबाट नेपाल घुम्न आएको बेला मन्त्री बनेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति शिक्षामन्त्री श्रेष्ठले फेसबुकमार्फत् यस्तो प्रतिक्रिया दिएकी हुन्।



    शिक्षामन्त्री श्रेष्ठले नेपाली राजनीतिज्ञहरूले विदेशबाट फर्कनेहरूले आफ्नो ‘हो मा हो’ मिलाउने कार्यकर्ता बनून भन्ने अभिष्ट राख्ने गरेको बताईन् ।



    केहीदिन अघि एमाले अध्यक्ष ओलीले श्रेष्ठलाई लक्षित गरी ‘नेपाल घुम्न आएका बेला फ्वाट्ट सांसद्देखि मन्त्री बनेको’ भन्ने अभिव्यक्ति दिएका थिए।

    शिक्षामन्त्री श्रेष्ठले भनेकी छन्, ‘यो तँ बसेर आएको देश हो र नेपाल पो हो! भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, अहिले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरूको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् । महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्।’

    उनले नेपाली नेताहरूमा नेपाल फर्किएकाहरूले हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुने उल्लेख गरेकी छन्। महिलालाई हेर्ने मानसिकता झनै विकराल रहेको टिप्पणी गर्दै शिक्षामन्त्री श्रेष्ठले त्यसबाट अझ बढी प्रहार हुने रहेछ भनेर लेखेकी छन्।

    मन्त्री श्रेष्ठले बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन भनेर प्रश्न पनि गरेकी छन्। त्यस्तै श्रीमानको पहिचान बाहिर नारीको आफ्नो स्वतन्त्र पहिचान हुँदैन भन्दै प्रतिप्रश्न गरेकी छन्।

    संविधानको प्रयोग गरेर देशलाई नेतृत्व गर्छु भन्दा टिप्पणी सहनु परेको उनले बताईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार