Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • ५ लाख ९० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ​​

    ५ लाख ९० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ​​

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 732
    SHARES

    पर्सा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वीचम्पारण रक्सौलका-२९ वर्षीय बबलुराज रौनियार रहेका छन् ।



    उनलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका १५ बाइपासस्थित सडक खण्डबाट पक्राउ गरेको हो।



    प्रहरीले उनको साथबाट ५ लाख ९० हजार नेपाली ​रुपैयाँसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    पैदल हिँडिरहेका ​रौनियारले बोकेको कालो ब्यागमा उक्त परिमाणको रकम बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार