Online Nepal
  • आइतबार, २० असोज २०८१
  • मेरो नेतृत्वको सरकार ५ वर्ष जाने सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

    मेरो नेतृत्वको सरकार ५ वर्ष जाने सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 498
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार ५ वर्ष जाने सम्भावना रहेको बताएका छन् ।

    माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय प्रशिक्षकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको पक्षमा उभिन समेत नेता कार्यकर्तालाई आग्रह गरे ।



    माओवादी एकढिक्का हुने हो भने आफ्नो नेतृत्वको सरकार ५ वर्ष जाने सम्भावना रहेको उनले बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने,‘हामीभित्र भाँडभैलो भयो चाहिँ गाह्रो छ । त्यसकारण आफू पनि भाँडभैलो नगर्नुहोला, अरुलाई पनि गर्न नदिनु होला । अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई ? खोजेर हुने भएको भए त अस्ति न भइसक्यो । मैले नेतृत्व छोड्ने बेलामा धेरैभन्दा धेरै नेता उत्तराधिकारी बनेर आओस भन्ने म चाहन्छु ।’

    पार्टी, विचारसँगै नेतृत्वको पक्षमा उभिने नेता कार्यकर्ता मात्र महान हुने उनको दाबी छ ।

    नेतृत्वलाई धारो हात लगाउनेहरु कसैको भए पनि महान नहुने भन्दै उनले आफु सधैं नेता भइराख्ने अवस्था नरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार