काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्नका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बस्न लागेको छ ।
प्रतिनिधिसभाको बैठकलगत्तै आज दिउँसो २ बजे सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने लागेको हो ।
संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन छ । गत साता गठित समितिलाई प्रतिनिधि सभाले काम थाल्न एक साताको समय दिएको थियो ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्नको लागि माग गरेपछि समिति गठन गरिएको छ ।
समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन्।
सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २/२, माओवादी, रास्वपा र राप्रपाका १र१ जना सदस्य रहनेछन्।
समितिमा कांग्रेसबाट पाण्डे र न्यौपाने, एमालेबाट थापा र भुसाल, माओवादी केन्द्रबाट दाहाल, रास्वपाबाट खनाल र राप्रपाबाट प्रधान सदस्य रहने भएका छन् ।
७ सदस्यीय समितिमा सत्तापक्षको ४ सांसद रहेका छन् ।
Leave a Reply