Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • विराटनगरमा एक युवाले पेट्रोल खन्याएर गरे आत्मदाहको प्रयास

    विराटनगरमा एक युवाले पेट्रोल खन्याएर गरे आत्मदाहको प्रयास

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 624
    SHARES

    मोरङ । विराटनगरमा एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् ।

    विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतले पेट्रोल खन्याएर आफैलाई आगो लगाएका हुन् ।



    घटना विराटनगर–७ हरियाली टोलमा भएको हो । आगोले शरीर जलेर कामत गम्भीर घाइते भएका छन् ।



    कामतको शरीरको ७० प्रतिशत भाग जलेको छ ।

    उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको मोरङ प्रहरीले जनाएको छ ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार