Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • प्राकृतिक स्रोतको अत्यधिक दोहन नगरौँ : पूर्वराष्ट्रपति भण्डारी

    प्राकृतिक स्रोतको अत्यधिक दोहन नगरौँ : पूर्वराष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 393
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अविवेकी उपभोग र अव्यवस्थित विकास निर्माणका गतिविधि गर्न नहुनेमा जोड दिएकी छन् ।

    विश्व वातावरण दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले प्राकृतिक स्रोतका अत्यधिक दोहन र अविवेकी उपयोगले वातावरणमा असामान्य असन्तुलन उत्पन्न भई वायु प्रदूषण, जैविक विविधताको नास, जलवायु परिवर्तनजस्ता संकट भोग्न बाध्य हुनुपरेको वास्तविकता औँल्याएकी छन् ।



    “जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरुप ग्रहण गरिरहेको परिवेशमा दिगो परिस्थितिकीय प्रणालीको संरक्षण गर्दै प्रकृति र मानवबीचको अहअस्तित्व कायम राख्न आज नागरिक समाज, निजी क्षेत्र र सबै तहका सरकारहरू जिम्मेवार बन्न जरुरी छ,” उनले भनेकी छन्, “यसका लागि एकातिर इनार, पोखरी, नदी, ताललगायत पानीका स्रोतहरूको संरक्षण, जमिनमुनिको पानीको दिगो सदुपयोग र पुनःभरण, जैविकखेती प्रणालीको प्रवर्द्धन, विद्युतीय चुलो र सवारी साधनलाई प्रोत्साहन गर्नुपर्छ ।”



    आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । \

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार