Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • भारतमा चुनावको पूर्ण नतिजा सार्वजनिक, भाजपा एक्लैको आएन बहुमत !

    भारतमा चुनावको पूर्ण नतिजा सार्वजनिक, भाजपा एक्लैको आएन बहुमत !

    सरकार गठनको तयारी सुरु

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 3.1K
    SHARES

    एजेन्सी । भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ । मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सकिएको हो ।

    चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) बहुमत ल्याउन असफल भएको छ । तर भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई भने स्पष्ट बहुमत प्राप्त भएको छ ।



    पाँच सय ४३ सिटको लागि भएको लोकसभा चुनावमा एनडीएले २ सय ९२ सिट जितेको छ । यसमा भाजपा एक्लैको २ सय ४० सिट रहेको छ । पाँच सय ४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ ।



    एनडीएको विपक्षी गठबन्धन भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया गठबन्धन) ले २ सय ३४ सिटमा जीत हासिल गरेको छ ।

    परिणाम घोषणा भएकामध्ये अन्य १७ सिटमा केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका भारतीय निर्वाचन आयोगले जनाएको छ ।

    गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात चरणमा गरी गएको शनिवार सकिएको थियो । यस्तै प्रधानमन्त्री मोदीले आज राजीनामा दिने र नयाँ सरकार गठनको दाबी पेस गर्ने सम्भावना छ । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले आज बिहान ११ः३० बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार