Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • कात्तिकदेखि दूधको भुक्तानी नपाएको किसानको गुनासो, ७० करोड बक्यौता

    कात्तिकदेखि दूधको भुक्तानी नपाएको किसानको गुनासो, ७० करोड बक्यौता

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 357
    SHARES

    फाइल फोटो

    चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।

    जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । ११४ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् ।



    सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मंसिरयताको २२ करोड रुपैयाँ बाँकी छ । अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् ।



    जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ ।

    जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार