Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप भिसा प्रक्रियामा गैरजिम्मेवार बने क्यान अध्यक्ष चतुरबहादुर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएर टी–ट्वान्टी क्रिकेट विश्वकपमा खेल्नबाट वञ्चित हुनुको कारण नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको गैर जिम्मेवारीपनलाई मानिएको छ।

अध्यक्ष चन्दले सन्दिपको भिसाका लागि आफूले हरसम्भव प्रयास गरे पनि नपाएको दाबी गर्दै आए पनि १५ सदस्यीय खेलाडी सूचीमा नाम नराखेकै कारणले सन्दीपले विश्वकप खेल्नबाट वञ्चित भएको चर्चा चुलिएको छ ।

इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) मा पठाएको १५ सदस्यीय खेलाडी नामावलीमध्ये एक जनाको भिसा रोकिँदा पूरै टिमलाई असर पर्छ भनेर किन अडान लिन सकेनन् भनेर पनि जनमानसमा प्रश्न उठेको छ।

१५ सदस्यीय टोलीमध्ये एकजना महत्वपूर्ण खेलाडी भिसा नपाएर नेपालमै रोकिएको कुरा किन गम्भीरताका साथ आयोजकसमक्ष राख्न सकेनन् भन्ने प्रश्न पनि उहाँमाथि तेर्सिएको छ ।

यदि, क्यान अध्यक्षको कुरालाई शतप्रतिशत सत्य मान्ने हो भने सन्दीपले दोस्रोपटक भिसाका लागि आवेदन दिँदा नेपाली टिमको १६औं खेलाडीको हैसियतले अन्तरवार्ता दिएको पो हो कि भन्ने शंका पनि उत्पन्न भएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077