Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लाइसेन्स परीक्षाको परिणाम फेरबदल गर्ने शाही भ्रष्टाचारी ठहर, एक वर्ष १० महिना कैद

    लाइसेन्स परीक्षाको परिणाम फेरबदल गर्ने शाही भ्रष्टाचारी ठहर, एक वर्ष १० महिना कैद

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 987
    SHARES

    काठमाडौं । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही भ्रष्टाचारी ठहर भएका छन् ।

    विशेष अदालतका न्यायाधीश अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण राई र रामबहादुर थापाको इजलासले शाहीलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको हो ।



    लाइसेन्स परीक्षा समितिको अध्यक्ष रहेका शाहीलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको बताइएको छ ।



    विशेष अदालतले परीक्षाको परिणाम फेरबदल गरेको कसुरमा उनलाई थप १० महिना कैद र आठ हजार जरिवाना सजाय हुने फैसला गरेको छ । यस्तै पवनकुमार रावल र नरेन्द्रकुमार कडरियालाई भने विशेष अदालतले सफाइ दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार