Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साताको तेस्रो दिन ६ अंकले बढ्यो नेप्से, ४ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ।

अघिल्लो दिनको तुलनामा नेप्से ६.२२ अंक बढेको हो । यो वृद्धिपछि नेप्से २०८५ अंकमा अडिएको छ ।

अघिल्लो दिन ४ अर्बको कारोबर भएकोमा आज ४ अर्ब ८ करोडको भयो । १२५ कम्पनीको मूल्य घट्दा ११४ को बढ्यो भने ८ को स्थिर रह्यो ।

अघिल्लो दिन सोमबार नेप्से ३.९७ अंकले घटेको थियो। सो दिन ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आज ३१५ स्क्रिप्सको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम सोमबारको तुलनामा सामान्य बढी हो।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सीएचडीएच हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।

सो कम्पनीको २० अर्ब रुपैयाँ बराबरको कारोबार भयो।कारोबारमा आएका १२५ स्टकको मूल्य बढ्दा ११४ वटाको घट्यो भने ८ वटाको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077