Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बिजुलीको पोलमा साइकल ठोक्किँदा एक जनाको मृत्यु

    बिजुलीको पोलमा साइकल ठोक्किँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 573
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको बेलबारी नगरपालिकामा बिजुलीको पोलमा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

    बेलबारी–५ का ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको हो ।



    मोरङ प्रहरीका अनुसार परिवारका सदस्य कसैलाई पनि नभनिकन पुरी सोमबार साँझ घरबाट साइकल लिएर हिँडेको खुलेको छ।



    राति अबेरसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका थिए।

    पुरीको शव घरनजिकै सडक छेउको कुलोमा मंगलबार बिहान फेला परेका थिए ।

    बिजुलीको पोलमा ठोक्किँदा साइकलसहित कुलोमा लडेर पुरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार पुरीले अत्यधिक मापसे गर्ने गरेको पत्ता लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार