Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद् बैठकमा पुगे रास्वपाका सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली क्रिकेट टीमको जर्सी लगाएर संसद् भवन पुगेका छन् ।

नेपालले टी– २० विश्वकप क्रिकेट खेल्ने दिन रास्वपाका अधिकांश सांसद नेपाली क्रिकेट टीमको जर्सी लगाएर बानेश्वरस्थित संसद् भवन पुगेका हुन् ।

आज बेलुका नेपालले विश्वकपमा नेदरल्यान्डविरुद्ध खेल्दै छ । रास्वपाका सांसद जर्सीसहित संसद् भवन प्रवेश गरेका छन् ।

तर भित्र प्रवेश गर्दा उनीहरूले जर्सीबाहिर कोट लगाएका छन् ।

दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदै गरेको नेपाल समूह 'डी'मा छ ।

यस समूहमा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077