Online Nepal
  • आइतबार, २० असोज २०८१
  • खेलाडीलाई शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले भने – नेपाल अब क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ

    खेलाडीलाई शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले भने – नेपाल अब क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 450
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको बताएका छन्।

    प्रधामन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । प्रधामन्त्री प्रचण्डले सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको बताए।



    एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्न लागेकाले विश्वको ध्यान नेपालतर्फ खिचिएको प्रधामन्त्री प्रचण्डको भनाई छ।



    प्रधामन्त्री प्रचण्डले लेखेका छन्,‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ । विश्वको ध्यान नेपालतर्फ खिचिएको छ।देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

    विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने प्रधानमन्त्री प्रचण्डको दाबी छ। आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ।

    समूह डीमा रहेको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति आज राति ९ :१५ बजे नेदरल्यान्ड्सविरूद्ध खेल्न लागेको हो। समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार